२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

पदमुक्त निकिताको प्रधानमन्त्री ओलीलाई खुला पत्र (भिडियोसहित)

1644 Shares
Spread the love

काठमाडौँ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा चलचित्र विकास बोर्डको अध्यक्ष बनेकी निकिता पौडेल वर्तमान ओली सरकारको निर्णयबाट पदमुक्त भएकी छिन् । गतवर्ष मात्रै विकास बोर्डमै पहिलोपटक १२ प्रतिस्पर्धीहरूलाई पछि पार्दै बोर्ड अध्यक्ष बनेकी पौडेल सरकारको निर्णयविरुद्ध अदालत जाने भएकी छिन् । उनले पदमुक्त भए लगत्तै प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेकी छिन् । वर्तमान सरकारले गत भदौ १४ पछि देउवा सरकारले गरेको नियुक्ति निर्वाचन आचारसंहिता रहेको भन्दै खारेज गरेको जनाएको छ ।

यसलगत्तै, निकिताले प्रधानमन्त्री ओलीलाई खुला पत्र सार्वजनिक गरेकी हुन् । उनले सात महिनामा आफूले गरेका कामहरूलाई हाइलाइट गरिएको छ । उनले आफ्नो कार्यकालमा वर्षौदेखि समस्याको रुपमा रहेको बक्स अफिस प्रणाली लागू गर्ने अन्तिम चरणमा पुगेको समेत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी छिन् । उनले यस्तो अवस्थामा आफूलाई हटाउदा बक्स अफिसको बारेमा अहिलेसम्म गरेको मिहिनेत खेर जाने कुरामा चिन्ता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया