२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

पदमुक्त निकिताको प्रधानमन्त्री ओलीलाई खुला पत्र (भिडियोसहित)

1644 Shares

काठमाडौँ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा चलचित्र विकास बोर्डको अध्यक्ष बनेकी निकिता पौडेल वर्तमान ओली सरकारको निर्णयबाट पदमुक्त भएकी छिन् । गतवर्ष मात्रै विकास बोर्डमै पहिलोपटक १२ प्रतिस्पर्धीहरूलाई पछि पार्दै बोर्ड अध्यक्ष बनेकी पौडेल सरकारको निर्णयविरुद्ध अदालत जाने भएकी छिन् । उनले पदमुक्त भए लगत्तै प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेकी छिन् । वर्तमान सरकारले गत भदौ १४ पछि देउवा सरकारले गरेको नियुक्ति निर्वाचन आचारसंहिता रहेको भन्दै खारेज गरेको जनाएको छ ।

यसलगत्तै, निकिताले प्रधानमन्त्री ओलीलाई खुला पत्र सार्वजनिक गरेकी हुन् । उनले सात महिनामा आफूले गरेका कामहरूलाई हाइलाइट गरिएको छ । उनले आफ्नो कार्यकालमा वर्षौदेखि समस्याको रुपमा रहेको बक्स अफिस प्रणाली लागू गर्ने अन्तिम चरणमा पुगेको समेत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी छिन् । उनले यस्तो अवस्थामा आफूलाई हटाउदा बक्स अफिसको बारेमा अहिलेसम्म गरेको मिहिनेत खेर जाने कुरामा चिन्ता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया