२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

“मोड्लिङ क्षेत्रलाई निरन्तरता दिन सबैको साथ र सहयोग खाँचो छ”– मोडेल बिपना मोक्तान

1615 Shares
Spread the love

काठमाडौं– सानै उमेर देखि गीत संगीत मा निकै रुचि राख्ने बिपना मोक्तान यति बेला आफै म्युजिक भिडियोमा मोड्लिङ गर्न थालेकी छिन । हाल उनले प्रबासमा रहेर पनि छुट्टीका दिन फुर्सदको समयमा गीत संगीत क्षेत्रमा निकै संघर्ष गर्दै म्युजिक भिडियोमा अभिनय गर्न थालेकी छिन् । ‘उनले खाएका ति बाचा कसम’ ,‘आँखा भारी सजाई राख्ने’ लगायत आधा दर्जन जति आधुनिक तथा लभ गीतहरुमा निकै उत्कृष्ट अभिनय गरि दर्शक हरुको मन जित्न सफल भईसकेकी छिन ।

बाल्यकाल देखि नै गीत संगीत क्षेत्रमा अति नै रुचि राख्ने बिपना मोक्तान स्कुले जीबन देखि नै संगीतिक यात्रा सुरुवाती गरेकी थिईन् । उनि स्कुले जिबन मा विभिन्न स्थानीय कार्यक्रम तथा स्कुलको प्रतियोगिताहरु मा भाग लिई आफ्नो उत्कृष्ट नृत्य कलाको प्रस्तुति दिएर दर्शक श्रोताहरुको मन जिताउने गर्थिन् ।

उनि काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नं १ गोकुले धपमा बाबा बिष्णु मोक्तान र आमा केशरी योन्जनको कान्छी छोरीकी रुपमा जन्मिएका हुन ।

सानै उमेर देखि नै गीत संगीत क्षेत्रमा अफ्नो करियर बनाउछु भन्ने मनस्थिति राखी संघर्षरत गर्दै आएकी मोडेल मोक्तान अहिले घरको आर्थिक स्थिति कम्जोर भएकै कारण परदेशी हुन बाध्य भएकी छन् । उनी प्रवासमा रहेर पनि निकै मिहेनत संघर्ष गरि गीत संगीतलाई निरन्तरता दिदै प्रवासमा रहेको विभिन्न संघसंगठनहरुले आयोजना गरेको स्टेज प्रग्राम हरुमा आफ्नो डान्स कलालाई बेजोड प्रस्तुति दिएर दर्शकलाई रमाइलो दिदै आएकी छिन् ।

उनी आफ्नो जन्मभुमि नेपाल फर्केर पनि सबैको साथ, सपोर्ट र आफ्नो कला प्रस्तुत गर्ने अवसरहरु पाएमा मोड्लिङ क्षेत्रमा निरन्तरता दिने बताईन् ।

प्रतिक्रिया