२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

नेपाल प्रवासी तामाङ समाज कतारद्धारा आर्थिक सहयोग हस्तान्तरण 

1791 Shares
Spread the love
काठमाडौं – नेपाल प्रवासी तामाङ समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरे्को छ  ।
कोईज क्याफे बौद्धको सभाहलमा आज एक कार्यक्रम गरी विभिन्न क्षेत्र तथा व्यक्तीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
नेपाल प्रवास तामाङ समाज कतारका प्रमुख सल्लाहकार थर्च लामाको सभापतित्वमा भएको कार्यक्रममा,संस्थाका पूर्व सल्लाहकार सुर्य दोङ,सकु प्रोडक्सनका म्यानेजर सोनी लुङ्वा,म्हेन्दोमाया समाज कतारका सल्लाहकार सन्तोष तामाङ,नेपाली प्रवासी तामाङ सदस्य सोनी तामाङ योञ्जन,निमा मोत्तान,डोल्मा मोत्तान लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम अन्तर्गत  काभ्रे तेमाल गाउँपालिका -८ टेकानपुर स्थित निमार्ण हुन गईरहेको उग्येन पेज्युङ दुब्देलिङ गुम्बालाई  ५० हजार,
त्यस्तै विश्वको ७ महादेश अन्तर्गतका हिमाल आरोहण गर्न लागेका सोलुखुम्बु दुधकोशी गाप निकासी नविन मगरलाई ५० हजार र नुवाकोट किम्पाङ गाप -६ निवासी ब्लर्ड क्यान्सर पिडित आशिमा डिम्डुङ तामाङलाई  नेपाल तामाङ समाज,म्हेन्दोमाया नेपाल  तामाङ कलकार संघ,कतारको संयुक्त प्रयासमा १ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया