२०८१, ८ चैत्र शनिबार
×

ट्रेन्डिङ

स्याङ्बोचे ट्रिपर दुर्घटनाः सरकारले मृतकका परिवारलाई ५ लाख राहत दिने

1441 Shares

काठमाडौँ। सरकारले मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ।

गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।

गत शुक्रबार दिउँसो करिव साँढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो।

सोही घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरे। उनले  दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको र उनीहरु खतरामुक्त रहेको पनि जानकारी दिए।

दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङजाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो। त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाईतेहरु रहेको पनि जानकारी दिए। सरकारले मृतकहरुको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ। गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरुको शव परिवारलई बुझाउने व्यवस्था गरिएको पनि बताए।

https://youtu.be/9HP6uFiSGSI

प्रतिक्रिया