मानिसहरुले सुरक्षीत यौन सम्पर्कको लागि कण्डमको प्रयोग गर्ने गर्दछ। त्यती मात्र नभई गर्व निरोधको लागि यो अत्यन्तै सुरक्षित समेत मानिन्छ ।
जमाना अनुसार कण्डम पनि बिभिन्न प्रकारको आउने गरको त तपाईहरुलाई थाहा नै भएको कुरा हो । यस्तैमा आज हामी तपाईहरुलाई यस्तो अनौठो कण्डमको बारेमा जानकारी दिन गईरहेका छौं । जो अलि अनौठो रहेको छ। साधरण तया कण्डम प्रयोगको लागि मानिसहरु जस्ले लगाउने उसैले मात्र खोल्न सक्ने अवस्था थियो । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन ।
अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्यूलिपनले यस्तो कण्डम डिजाइन गरेको छ, जुन कण्डम को प्याकेट खोल्नका लागि एक जना मानिस हैन दुबै जना चाहिन्छ । यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन, चारवटा हात चाहिन्छ । सुरक्षित सेक्स तथा सहमतिमा हुने सेक्सलाई बढावा दिनका लागि कन्सेन्ट नामको यस्तो कण्डम डिजाइन गरेको बताईन्छ । कण्डमको प्याक दुवैै जनाले समाएर खोल्नु पर्दछ ।
सुरक्षित सेक्सको आधार भन्दै कम्पनीले यो विशेष कण्डमको भिडियो आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेको छ ।