२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

1467 Shares
Spread the love

काठमाडौँ– नेपाल चिकित्सक संघले समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुका माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

बिहीबार संघको अगुवाइमा उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधि लगायत चिकित्सा पेशासँग सम्लग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुबीचको बैठकले ७२ घण्टे अल्टिमेटम दिएको हो । ‘आजैको मितिले ७२ घण्टाभित्र नेपाल सरकारले वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ’ संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघले समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नुपर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको ठहर पनि गरेको छ ।

संघले चिकित्सकहरुको माग र संवेदनशीलतालाई बेवास्ता गर्दै चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरे सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने समेत चेतावनी दिएको छ । नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा रहन आग्रह गरिएको संघका महासचिव डा।लोचन कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया