२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ललितपुरमा पनि वर्डफ्लु भेटियो

2973 Shares
Spread the love

ललितपुर – करिब दुई साता पहिला ललितपुरको ठेचोको एक कुखुरा फार्ममा वर्डफ्लुको संक्रमण देखियो।

तर, ती कुखुरा त्यहाँ उत्पादन भएका थिएनन्। काठमाडौको तारकेश्वर नगरपालिकाको फार्मबाट ल्याइएका थिए।भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर नारायण बहादुर श्रेष्ठले ती कुखुरा तत्काल नष्ट गरेको बताए।

‘काठमाडौबाट वर्डफ्लु ललितपुर छिरेको हो’, उनले भने, ‘त्यस घटनापछि ललितपुरका अन्य स्थानमा बर्डफ्लुको संक्रमण देखिएको छैन।’ तारकेश्वरबाट ल्याएको कुखुरा लुकाएर राखेको अवस्थामा भेटिएको उनको भनाइ छ।श्रेष्ठका अनुसार ठेचोका मासु व्यवसायी मनोज केसीले आफ्नो फार्ममा तारकेश्वरबाट कुखुरा ल्याएका थिए।

उनका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिकाको १ र ७ नम्बर वडामा वर्डफ्लुको संक्रमण देखिएको हो। काठमाडौंकै टोखा नगरपालिकाको १ र ३ नम्बरमा पनि बर्डफ्लु भेटियो।भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा १ मा वर्डफ्लु देखिएको हो। ललितपुरको ठेचोबाहेक अन्यत्र ठाउँमा हालसम्म समस्या देखिएको छैन। उनका अनुसार सबै भन्दा धेरै समस्या काठमाडौंमा देखिएको हो।वर्डफ्लु भएको क्षेत्रमा तीन महिनासम्म कुनै पनि पंक्षी पाल्न पाइदैन।

तीन महिनापछि त्यस क्षेत्रमा वर्डफ्लु छ या छैन भनेर पुनः हेरिन्छ। संक्रमण नभएको प्रमाणित भएपछि मन्त्रालयले कुखुरा पाल्न दिने अथवा नदिने निर्णय गर्ने व्यवस्था गरेको पशुसेवा विज्ञ केन्द्रको भनाइ छ।

प्रतिक्रिया