२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

पूर्व श्री ५ को नेपालगन्ज मोह !

2115 Shares

काठमाडाैं । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले आफ्नो ७२औँ जन्मोत्सव नेपालगन्जमा मनाउँदै हुनुहुन्छ । भोली असार २३ गते जन्मोत्सव मनाउन उहाँ सपरिवार २० गते बुधबार नै नेपालगन्ज पुग्नुभएको छ । नेपालगन्जमा उहाँ आफ्नै होटेल (सोल्टी) मा रहनुभएको छ । जन्मोत्सव मनाउन यज्ञप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पूर्व श्री ५ गत वर्ष पनि नेपालगन्ज गएर लामो समय बस्नुभएको थियो । नेपालगन्जमै रहेका बेला भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणा पाएपछि उहाँ योगीलाई भेट्न लखनउ पुग्नुभएको थियो । लखनउमा योगी आदित्यनाथबाट पूर्व श्री ५ को अभिनन्दनसमेत भएको थियो ।

पछिल्लो समयमा पूर्व श्री ५ ज्ञानेन्द्रमा नेपालगन्जप्रति विशेष मोह रहेको देखिएको छ । उहाँले आफ्नो लगानीमा गत वर्ष मात्र होटेल (सोल्टी) समेत खोल्नुभएको छ । देशका नगरपालिकामध्ये नेपालगन्ज मात्र त्यस्तो ठाउँ हो जहाँका नगरप्रमुख नेपालमा राजसंस्था पुनर्वहाली हुनुपर्छ भन्ने धारणा राख्दछन् र उनको नाम धवलशमशेर राणा हो ।

प्रतिक्रिया