2794
Shares
भैरहवा । पूर्वयुवराज पारस शाहले भैरहवामा आयोजित एक पत्रकार सम्मेलनमै धुम्रपान गरेका छन् ।सार्बजनीक कार्यक्रम र कार्यक्रमस्थलमा धुम्रपान गर्न नपाईने भएतापनि उक्त कार्यक्रममा ड्यासमा बसीरहँदानै शाहले पटक पटक गरी लगभग आधीघण्टाको कार्यक्रममा ३ पल्ट सम्म धुम्रपान गर्न भ्याए ।
शाह सम्मीलीत उक्त पत्रकार सम्मेलन ‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिलाउने उद्धेश्यले गरीएको थियो ।राष्ट्र र राष्ट्रियताको जगेर्ना गराउने हेतुले आयोजित यस कार्यक्रम गत जेठ २२ गते मनकामनाबाट शुरु भई गोरखा लमजुङ हुँदै भैरहवा आईपुगेको हो ।
पत्रकार सम्मेलनमा पूर्वयुवराज पारस शाहले आफु राष्ट्र र राष्ट्रियता प्रति गम्भीर रहेको र यसको जगेर्ना गर्न यस कार्यक्रममा सामेल रहेको बताए ।