२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा. केसी उपचार र उद्धारका लागि औषधि र लत्ताकपडा बोकेर बारा पुगे

2088 Shares
Spread the love

काठमाडौं  – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन्।

हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन्। उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन्।

पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन्। केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका थिए।

उनले विभिन्न प्रकारको औषधी बोकेका छन्। फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो।

‘मेरो साथमा स्थानीय स्वास्थ्यकर्मी पनि हुनुहुन्छ,’ केसीले भने, ‘यहाँ शिविर चलाउँछु। औषधि र लत्ताकपडा लिएर आएको छु।’

केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाएका छन्। उनले हाडजोर्नी सम्बन्धी औषधि बढी बोकेका छन्। यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधी वितरण गर्ने छन्।

आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन्। सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २८ जनाको मृत्यु भएको थियो भने ५सय बढि घाईते भएका छन्।

घटनामा तीन सय बढी घाइते छन्। घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया