काठमाडौं– यही आँउदो चैत २७ गते काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको प्रमुख अथितित्वमा पार्टी कार्यालय भवन शिलान्यास तथा बृहत आमसभा कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका बिशिष्ट अथितिका रुपमा नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु प्रदीप पौडेल, युवा नेता तथा समाज सेवी गणेश लामा , शिवप्रसाद हुमाँगाई लगायतका केन्द्रिय नेताहरु सहभागी हुने भएको छ । कार्यक्रमको आयोजना नेपाली कांग्रेस क्षेत्र नं १ काभ्रेपलाञ्चोकले गर्ने भएको पुर्वसासंद तथा युवा नेता तिर्थ लामाले जानकारी दिए ।

कार्यक्रमलाई बृहत तथा मनोरञ्जनात्मक बनाउन कलाकारहरुको पनि उपस्थीति रहनेछ । भद्रगोलका पाँडे, काउली बुढी, गायक रोज मोक्तान, लोक गायिका देबी घर्ती मगर लगायतका कलाकारहरुले प्रस्तुती दिने लामाले नेपालसंसारलाई बताए ।
यो पनि पढ्नुहोसः