न्युयोर्क – नेपाली बालबालिकाहरूलाई मध्यनजर गर्दै अमेरिकाको न्युयोर्कमा नेपाली भाषा कक्षा सुरु भएको छ ।
कुईन्स नेपलीज लायन्स क्लवद्वारा न्युयोर्कको कुईन्समा रहेका नेपाली बालबालिकाहरूलाई मध्यनजर गर्दै (हिजो शनिवार)देखी ल्याफ्राकसिटीमा रहेको लाईब्रेरीमा नेपाली भाषा कक्षा सुरु भएको छ ।

उक्त कक्षामा करीब ३० जना बालबालिकाहरूको नामावली दर्ता संकलन गर्नुका साथै दर्ता भएका बालबालिकाहरूको लागी कपी कलम समेत वितरण गरिएको कुईन्स नेपलीज लायन्स क्लवका पूर्व अध्यक्ष एव्म लायन्स क्लब इन्टरनेसलको विशेष संयोजक मंगलदास श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवासमा रहेरपनि नेपालीहरुका सन्तान(वालवालिका)ले आफ्नो पुर्खा र मातृभुमीको भाषा र संस्कारलाई समेत आत्मसाथ गरुन भन्ने उदेश्य अनुरुप भाषा कक्षा संचालन गरिएको श्रेष्ठको भनाई थियो ।
नेपाली भाषा कक्षा हरेक शनिवार दिनको ३ देखी ४.३० बजे सम्म ल्याफ्राकसिटीमा रहेको लाईब्रेरीमा हुने आयोजकले जनाएको छ ।

आफ्नो बालबालिकाहरूलाई नेपाली भाषा कक्षामा सहभागी गराई नेपाली भाषा सिकाउँने अवसर लिनुहुन समेत आयोजकले न्युयोर्कको कुईन्सवासी सबै अभिभावकहरू अनुरोध गरेको छ ।
उक्त भाषा कक्षामा भोलेन्टियर गर्न चाहनुहुने स्वयमसेवकहरूले पनि क्लवको अध्यक्ष लायन पुरूषोतम पन्थीको ईमेल [email protected] मा सम्पर्क गरी सहयोग गर्न सक्ने जनाईएको छ ।
