२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँ आईपुग्यो

2367 Shares
Spread the love

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर-७२-५०० नयाँ विमान भित्र्याएको छ।

फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन्। यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन्। बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन्। फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ।

त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने बताए। बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ।

बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ।

प्रतिक्रिया