२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

प्रियंका मेटल एन्ड पाइप उद्योगद्धारा जीआई पाईप उत्पादन शुरु

2457 Shares
Spread the love

काठमाडौँ – पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका बहुअर्वाभाठा ७ मा ले ग्याभनाइज मेटल जीआई पाईप तथा यसमा प्रयोग हुने उपकरणको गरेको छ ।

राष्ट्रिय जनाता पाटी (राजपा) का सहअध्यक्ष लक्षमणलाल कर्मले आईतबार एक कार्यक्रमका बिच सो उद्योगको उद्धघाटन गरेका छन । कम्पनीका प्रबन्ध निर्देशक सन्तोस कुमारले प्लास्टिक र अन्य पाईपको विकल्पको रुपमा गुणस्तरिय जिआई पाईप उत्पादन गरी आयात प्रतिस्थापन गर्न उद्योग स्थापना गरेको बताए । “घर, भवन, अपार्टमेन्ट र ठुला पुर्वाधारका लागि लागि आवश्यक पर्ने विभिन्न साईजका पाईप उत्पादन हुने छ,” प्रबन्ध निर्देशक सन्तोस कुमारले भने पुर्वाधार निर्माणमा अब बढी टिकाउ हुने मेटल पाईपको माग बढदै गईरहेको छ ।” नेपालमा पछिल्लो समय मेटल पाईपको माग बढदै गईरहेका बेला उद्योगले गुणस्तरिय पाईप उत्पादन गर्ने गरी उद्योग संचालनमा ल्याएको जनाएको छ ।


उद्योगले बजारको माग अनुसार विभिन्न प्रकारका ग्याभनाइज पाईप र त्यसमा प्रयोग हुने ऐसेसरिज समेत उत्पादन गर्ने जनाएको छ । उद्योगको उद्धघाटन गदै राजपाका सहअध्यक्ष कर्मले देशलाई समृद्धी तर्फ लैजान विभिन्न उद्योग स्वदेशमा नै स्थापना गरेर आयात कम गर्नु पर्ने बताए ।

उद्योगले घरायसी, पुर्वाधार देखी बोरिङ पाइपमा ३ देखी ४ इन्चको समेत निर्माण गर्ने योजना बनाएको छ । बजारको माग बढी भएको जनाउदै अन्य कम्पनीले कम गुणस्तरको पाइप बनाउदै आए पनि कम्पनीले भने गुणस्तरलाई ध्यान दिएर पाईप उत्पादन गर्ने छ । नेपालमा रहेका अन्य पाइप कम्पनीले बजारको माग अनुसार जिआई पाइपको आपुर्ति पुरा गर्न नसकेको बेला प्रिंयका मेटलले बजार पाईने पाइप भन्दा अझ उच्च गुणस्तरको उत्पादन गर्ने जनाएको छ । नयाँ उद्योग संचलानसँगै स्थानिय स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत सृजना भएको छ ।


कम्पनीले आफनो गुणस्तरिय उत्पादनलाई बजार व्यवथापन मार्फतत देशभर पु(याएने योजना बनाएको छ । “हामीले राम्रो र गुणस्तरिय उत्पादन गर्ने भएकाले यसको बारेमा सबै उपभोक्तालाई जानकारी दिनु आवश्यक रहेको छ ।” कम्पनीका अध्यक्ष राकेश कुमार केवटले भने “घरायासी काममा हाल प्लास्टिकको पाइप प्रयोग भईरहेकोमा त्यसको स्थानमा मेटल पाईप प्रयोग भरपर्दो हुन्छ भन्ने हो ।” उनका अनुसार उद्योगले आवश्यकता अनुसार साना पाइपदेखी पोलमा प्रयोग हुने पाइप समेत उत्पादन गर्ने योजना बनाएको छ । जिआई पाइप १।५ इन्चदेखी १० इन्चसम्मको उत्पादन गर्ने योजना रहेको छ ।


कम्पनीले स्वदेशमा नै रहेको कच्चा पर्दार्थ प्रयोग गरेर उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले भारत वा तेस्रो मुलुकबाट आउने पाईपलाई विस्थापन गर्ने गरी उत्पादन गर्ने जनाएको छ । विदेशबाट आउने भन्दा राम्रो सामान स्वदेशमा नै सो कम्पनीले उत्पादन गर्ने भएको छ । कम्पनीले बोरिङ जोइन्ट गर्ने सकेट, बल्ट, जाईन र विभिन्न साईजका प्लंम्बिङ पाईप उत्पादन गरिने छ । हाल मेलटको पाइप बनाउने र भविष्यमा प्लाटिकको पाईप बनाउने योजना रहेको छ ।

प्रतिक्रिया