२०८३, १३ श्रावण बुधबार
×

ट्रेन्डिङ

डलरको भाउ घट्योः कतिमा झर्यो ?

1707 Shares
Spread the love

काठमाडौं- पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ) थियो । त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको पनि योगदान रहेकाले डलर कमजोर हुँदा रेमिट्यान्स घट्नेछ । विदेशमा बसेका नेपालीले पठाएको रेमिट्यान्स साँट्दा कम मूल्य पाउनेछन् ।

अर्कोतर्फ हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको भाउ घट्दा आयातित सामानको भुक्तानीमा कम भार पर्नेछ । डलर तिरेर विदेशबाट ल्याएको सामानको मूल्य कम पर्नेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधार मान्ने हो भने अमेरिकी केन्द्रीय बैंकले केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर ओरालोतर्फ लागेको हो ।

प्रतिक्रिया