२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

धिरेन शाक्यको अंगालोमा कमला (भिडियो)

2447 Shares
Spread the love

चर्चित नायक धिरेन शाक्यको अभिनय रहेको लण्डनमा निर्मित  भिडियो सार्वजनिक भएको छ ।

सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवं रिदम कंडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी…’ मा नायक शाक्यले अभिनय गरेका हुन् । उनलाई अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । हाल जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा पनि अभिनय गरेकी थिइन् ।

उक्त भिडियोमा निर्देशन, छायांकन र सम्पादन संचारकर्मी कुशल श्रेष्ठ तथा डिजाइनर अन्जली केसी र कोरियोग्राफी प्रभु गुरुङको छ । निर्देशक श्रेष्ठले बेलायतमै रहेर दुई दर्जन बढी भिडियो निर्माण निर्देशन गर्नुका साथै नेपाली चलचित्रको प्रवर्धनमा समेत योगदान दिंदै आएका छन् । 

लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनवीच आदि क्षेत्रमा छायांकन गरिसके पछि नायक शाक्यले प्रतिक्रिया दिए, ‘प्राविधिक पक्ष तथा निर्देशकीय हिसाबले पनि कुनै कमी देखिनँ ।’ धिरेनले बेलायतमै एउटा फिल्म निर्माण गर्ने आफ्नो इच्छा पनि सुनाए ।

प्रतिक्रिया