२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

हिलाम्मे सडकमा धान रोपाई‌ं! (भिडियो)

3602 Shares

काठमाडौं– चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन् ।
अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले नागरिक न्यूजसँग भने, ‘ निर्माणाधीन सडक र ढलको कारण लामो समयदेखि धुलो र हिलोमा डुब्न बाध्य पारिएकाले सडकमै धान रोपेका हौ।’

चावहिल–साँखु सडक खण्डको विस्तार कार्य अगाडि बढाइए पनि दुई वर्षदेखि यो क्षेत्रको आवागमन अवस्था अस्तव्यस्त छ । विस्तारको काम समयमा पुरा नहुँदा सडक हिलाम्मे छ । ‘सडक निर्माण जिम्मा लिएको ठेकेदार र अन्य सरोकारवालासँग सम्पर्क गर्यौं, कुनै सुनुवाई भएन’ घिमिरेले भने, ‘ढलपनि फुट्यो, सडक वेहाल छ। आउजाउ गर्न सक्ने अवस्था छैन । असैह्य भयो। साहित्यकारहरु मिल्यौं आफ्ना रचनासहित सडकमै कविता वाचन कार्यक्रम पनि गर्यौं।’ कार्यक्रममा ५१ जना कवि कवयित्री र सयौं संख्यामा सर्वसाधारण सहभागी भए।

https://youtu.be/f2PITxYD34A

प्रतिक्रिया