हाम्रो समाजमा महिला पुरुष बिवाह बन्धनमा बाधिन्छ भने उनिहरुले पर पुरुष तथा पर स्त्रीलाई नजर लगाउदा पनि त्यसलाई अनैतिक मानिन्छ । तर दुनियामा यस्तो पनि स्थान छ जहाँ महिला पुरुष बिवाह पश्चात आफ्नो श्रीमान अथवा श्रीमतीसंग नभई पर पुरुष तथा पर स्त्रीसंग यौन सम्पर्क गर्छन् ।
जुन कुरा सुन्दा तपाई हामी जोसुकैलाई पनि अनौठो लाग्न सक्छ । तर हाम्रै छिमेकी राष्ट्र भारतमा केहि महिना अगाडि पुरुषहरुले आफ्नो श्रीमतीलाई साटेर परपुरुषको श्रीमती तथा गर्लफेण्डसँग यौन सम्पर्क गरेको खवर सार्वजनिक भएको थियो । जुन कुराको भारतीय सञ्चार माध्यमहरुले खुलासा गरेका थिए । समाचार अनुसार विवाहित महिला सीताको उजुरीपछि यो घटनाको पर्दाफास भएको हो । सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।
पीडित सीताले श्रीमानले दिल्ली लगेर आफुलाई श्रीमानको फूपूका छोरा अमर की गर्लफ्रेण्ड निशासँग साटेर यौनसम्बन्ध बनाउन बाध्य पारेको बताएकी थिईन् । पीडित महिला सीताले हरि आफ्ना पति हरि र उनका फूपूका छोरा अमरविरुद्ध बलात्कार, अप्राकृतिक यौनसम्बन्ध, कुटपीट, मार्ने धम्की तथा दाइजो नल्याएको निहुँमा यातना दिएको आरोपमा मुद्दा दर्ता गराएकी थिईन् । एजेन्सी