2009
Shares
भनिन्छ नी बिवाह भन्ने कुरा कसैलाई पनि जबरजस्ती गराउनु हुँदैन किनकी यसले दुबैको जिन्दगी बिग्रन्छ । तथापी बिहेकै दिन भाग्ने हिम्मत भने कमै युवतीहरुले गर्लान् । तर धुनषामा भने एक युवतीले यस्तो हिम्मत गरेकीछिन् । धुनुषाको सहिदनगर नगरपालिकामा बिहेको स्वयम्बर सकिएपछि बेहुली फरार भएकी छिन् । २० बर्षीय ती युवतीले बिवाहका लागि सजिएर बसेकी थिईन् ।
उनले स्वयम्बर समेत गरेकी थिईन तर स्वयंवर गरेको केही समयमा उनी कुलेलाम ठोककी हुन् । बेहुली नै भागेपछि माईती पक्ष र दुलहा पक्ष हेरेको हेरै भए । बेहुली भागेपछि जन्ती टोली विचल्लीमा परेका छन् । प्रहरीका अनुसार १ बजे स्वयम्बर सम्पन्न भएलगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन्। उनको अरु कसैसंग प्रेम सम्बन्ध रहेकोले बिवाहबाट भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।