लण्डन। इङल्याण्डमा एक समलिंगी युवकले आफ्ना पार्टनरसँग बिहे गर्नको लागि सहेका कष्टको खुलासा गरेका छन् । उनको खुलासाले संसारभरका मानिसहरु चकित परेका छन् । रोय सिंह नामका यी युवकका पार्टनरको परिवार भारतीय सिख समुदायको परिवार थियो । यी दुईको भेट एक पारिवारिक कार्यक्रममा भएको थियो । यहीबाट यी दुईको सम्बन्ध सुरु भयो । यी दुवै गोप्य रुपमा एक अर्कालाई डेट गर्न थाले । दुई वर्षपछि उनका पार्टनरले उनलाई बिहेको प्रस्ताव गरे । त्यतिबेला उनलाई लागेको थियो कि यो उनको सपनाको जस्तै सुन्दर प्रेमकथा थियो तर पनि जे भयो त्यसले उनको जीवन बर्बाद गरिदियो ।

जब पहिलोपटक रोयले आफ्नी हुनेवाली सासुलाई भेटे त्यसपछि बल्ल उनले बिहेको लागि आवश्यक शर्तको बारेमा थाहा पाए । सासुले भनिन् कि उनीहरुको ठूलो भारतीय परिवार छ । त्यसैले रोयले बिहेमा एउटी युवतीले जस्तै ड्रेसअप गर्नुपर्नेछ । यतिमात्र होइन रोयले त्यतिबेलासम्म एक बुहारीजस्तै बस्नुपर्नेछ जबसम्म उनको समुदायका मानिसहरुलाई विश्वास हुँदेन कि उनीहरुका छोरा गे (पुरुष समलिंगी) होइनन् । रोय यो सब सुनेर चकित थिए ।

रोयका अनुसार उनकी सासु उनको लागि एक टोकरी केटीहरुका कपडा र एउटा सुनको ब्रासलेट लिएर आउकी थिइन् । रोयले पनि एशियाली समुदायमा समलिंगी बिहे निकै मुस्किल हुने सम्झेर यो सब सहन तयार भए । त्यसपछि रोय आफ्नो परिवारलाई केही नबताइ बिहेको लागि तयार भए । उनी यसको लागि म्यानचेस्टर छोडेर लण्डन शिफ्ट भए । सासुले उनको लागि शपिङ गराइन् र यसको लागि पैसा पनि लिइन् । यसका लागि रोयले आफ्नो नयाँ कार पनि बेच्नु पर्यो । उनले बिहेमा आएर पाहुनाहरुलाई भन्नुपर्यो कि उनी विधवा र अनाथ हुन् त्यसैले बिहेका उनको परिवारको तर्फबाट कोही आएनन् ।
रोयले आफ्नो पार्टनरसँग बिहेको लागि बेहुलीका कपडा लगाउने र महिलाजस्तै बस्ने सबै यातना सहे । त्यसपछि उनलाई लागेको थियो कि उनको घरवालाहरु अब उनलाई सामान्य मानिसजस्तै बाँच्न दिनेछन् । तर, यस्तो भएन । रोयका अनुसार उनकी सासु उनीसँग परम्परागत बुहारीसँग जस्तै व्यवहार गर्न थालिन् । उनलाई पूरै दिन मेकअप, युवतीका कपडा र हाइहिलसमेत खोल्न दिइँदैनथ्यो । रोयको नाम फेरेर लकी बनाइयो । उनलाई बिहान किचनमा खाना बनाउने देखि हरेक काम गराइन्थ्यो । उनलाई भने एक कचौरा मात्र खान दिइन्थ्यो ताकि उनी मोटो नहोउन् । यही बीचमा एक फेसबुक पोस्टबाट रोयको परिवारले उनको बारेमा थाहा पाए । जब उनीहरु रोयलाई भेट्न गए उनकी सासुले उनलाई महिलाको भेषभुषामा मात्रै परिवारसँग भेट्ने अनुमति दिइन् । भिडियोमा हेर्नुहोस् उनको दर्दनाक कहानी –
यो सब देखेपछि रोयको परिवारले उनीसँग सम्बन्ध तोडे । अर्कोतर्फ लगातार ९ महिनादेखि यो सब यातना सहिरहेका रोयको धैर्यको बाँध पनि टुट्यो र उनले घर, बिहे सबै छोड्ने फैसला गरे । रोयको लागि यी सब चीज र पुराना यादबाट बाहिर निस्किनु निकै मुस्किल भयो । उनले जब आफ्नो पार्टनरले दोस्रो पटक बिहे गर्न लागेको खबर पाए, त्यो पनि एक केटीसँग, उनलाई अझै ठूलो झट्का लाग्यो । उनले आत्महत्या गर्ने कोसिस गरे तर मानिसहरुले उनलाई बचाए र उनको परिवारलाई खबर गरे । परिवारले यो सब सुनेपछि आफ्नो छोरालाई पुनः अपनाए । अहिले रोय परिवारको साथमा छन् ।