आशिष तामाङ
काठमाडौ महानगरपालिका वडा न ७ चुच्चेपाटीमा अवस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीले २० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
विहान १० बजे, विद्यालयको प्राङगणमा फाल्गुन १८ गते शनिबार को दिन प्रधानमन्त्रीको विदेश मामला सल्लाहकार तथा परराष्ट्रविद डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भव्य रुपमा मनाउने भएको छ।
उक्त अवसरमा एकेडेमीक अवार्ड अन्तर्गत २०७४ सालमा विभिन्न कक्षा बाट प्रथम , दिद्दिय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरु ,यस्तै गरि इ.सि.ए. अवार्ड अन्तर्गत २०७५ साल बैशाख देखि फागुन महिना सम्म आयोजना गरिएको विभिन्न क्रियाकलापहरुमा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरु, एक्सिलेन्ट अवार्ड अन्तर्गत प्राक्सिस स्टुडेन्ट अफ द यिअर ,मोस्ट डिस्प्लिन स्टुडेन्ट , मोस्ट पङ्च्युअल एन्ड रेगुलर स्टुडेन्ट ,मोस्ट निट एन्ड टाइडी स्टुडेन्ट, बेस्ट इङलिस स्पिकर, बेस्ट प्लेयर ,मोस्ट हेल्पफुल एन्ड कुअपेरिटिभ र बेस्ट डान्सरलाई मेडल ट्रफी,प्रमाणपत्र द्वारा सम्मान गरिनेछ।
साथै प्राक्सिस स्कुलमा लामो समय देखि अध्यापनरत उत्कृष्ट शिक्षक , लामो समय देखि प्राक्सिस स्कुललाई सकारात्मक सुझाव सल्लाह दिदै सहयोग गर्नु हुने अभिभावक , स्थानीय समाजसेवी , पत्रकार, शिक्षासेवी, प्रतिष्ठित राष्ट्र्रिय कलाकारलाई पनि सम्मान गरिनेछ ।
उक्त दिन प्राक्सिसका बिद्यार्थीहरुले राइम्स,नृत्य ,गायन,नाटक,योगा डेमोस्ट्रेसन ,मार्सल आर्ट्स लगायत अन्य विभिन्न प्रस्तुतिहरु पस्कने संगै ख्यातिप्राप्त राष्ट्र्रिय गायक तथा हास्यब्यङ्ग्य कलाकार हरुको पनि बेजोड प्रस्तुती रहनेछ।त्यही दिन मिस्टर एन्ड मिस प्राक्सिस र डान्सको पनि ग्रान्ड फिनाले हुनेछ।