२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

कार्टुन्ज क्रुको गीतमा अशोक दर्जीको डान्स भाइरल (भिडियोसहित)

2926 Shares
Spread the love

काठमाडौँ।  पछिल्लो समय निकै भाइरल बनेका बालगायक अशोक दर्जीलाई साँगीतिक कार्यक्रममा भाग लिन भ्याईनभ्याई छ। ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीतले सर्वाधिक चर्चा पाएपछि अशोक दर्जीको डिमान्ड निकै बढेको छ। विदेशको साँगीतिक कार्यक्रममा भाग लिन अशोक मलेसिया र दुबई गइसकेका छन् भने नेपालमा झापा र पोखरालगायतका जिल्लामा आयोजित साँगीतिक कार्यक्रममा पुगिसकेका छन्।

अशोक दर्जीले गर्ने हरेक गतिविधिहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्। यसैबीच अशोक दर्जी र गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीका छोरा ए आर बुढाथोकीले डान्स गरेको एक भिडियो निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा अशोक र  ए आर एक चर्चित गीतमा आफ्नो नृत्यकला प्रस्तुत गर्दै निकै रमाइलो गर्दै छन्।

हेर्नुस् भिडियो।

https://youtu.be/5Qv5tfSH1II

प्रतिक्रिया