२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

मण्डपमा बेहुली देखेर सन्किए बेहुला, बेहुलीकी बहिनीलाई कसेर हाने थप्पड, रित्तै फर्किए जन्ती

6680 Shares
Spread the love

वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको सामूहिक विवाहको कायृक्रममा एउटा निकै नाटकीय घटना भएको छ । आइतबार वसन्त पंचमीको अवसरमा मुख्यमन्त्री कन्यादान योजना अन्तर्गत मध्यप्रदेशको खण्डवामा सामूहिक विवाहको तयारी जोडतोडका साथ चलिरहेको थियो । ठूलो संख्यामा वर पक्ष र वधु पक्षका मानिसहरु पुगेका थिए । त्यही बेला यहाँ यस्तो नाटकीय घटना भयो कि त्यहाँ भएका सबै मानिसहरु दंग परे ।

यहाँ ४० जोडीको विवाहको तयारी गरिएको थियो । सबै जोडीहरु तयार भइसकेका थिए तर एक जोडी तयार भएका थिएनन् । वधु पक्षका मानिसहरु समयमा विवाहस्थलमा नपुगेका कारण यो जोडी विवाहको लागि तयार भइसकेको थिएन । बाँकी सबै जोडी विवाहको लागि तयार भइसकेका थिए । यस्तैमा ढिलो गरेर वधु पक्षका मानिसहरु विवाहस्थल पुगे । ढिलो आएका उनीहरुलाई देखेर बेहुलाको पारो तात्यो । उनले दायाँबायाँ केही नहेरी बेहुलीकी बहिनीमाथि सबै रिस पोखे ।

बेहुलीको छेउमा उभिएकी उनकी बहिनीलाई बेहुलाले कसेर एक थप्पड हाने र सोभे ‘यति ढिलो किन भयो ?’ बेहुलीकी बहिनीले थप्पड खाएको देखेपछि दुवै पक्षका मानिसहरु एक आपसमा लडाइ झगडा गर्न थाले । विवाद यतिसम्म बढ्यो कि दुवै पक्ष विवाह नै नगरी फर्केर गए । प्रत्यक्षदर्शीका अनुसार बेहुली ज्योतिसहित वधु पक्ष दिउँसो १२ बजे विवाहस्थल पुगेका थिए । बेहुलीलाई देख्नासाथ बेहुला धर्मेन्द्रको पारो तात्यो र उनले बेहुलीकी बहिनीलाई कसेर थप्पड हाने । त्यसपछि दुवै पक्षबीच विवाद यतिसम्म बढ्यो कि उनीहरु रित्तै फर्किए । यस विषयमा दुवै पक्षले अहिलेसम्म प्रहरीमा कुनै उजुरी नदिएको बताइएको छ ।

प्रतिक्रिया