
प्रत्येक व्यक्तिको पैसासँग जोडिएको इच्छा कहिले पुरा होला? महालक्ष्मीको कृपा कहिले मिल्छ यो जान्नकालागि ज्योतिषमा केही संकेत बताएको छ। यसबारे एउटा मान्यता छ की जब यी संकेत मिल्छन् तब सम्झनुपर्नेछ की व्यक्तिलाई लक्ष्मीको कृपा मिल्नेछ र पैसाको समस्या टाढा हुनेछ।
१. यदि कसैलाई बिहान बिहानै उखु देख्नुभयो भने निकट भविष्यमा धन सम्बन्धी कार्यमा सफलता मिल्नेछ।
२. यदि घरबाट निस्कनासाथ गाई देखापर्छ भने यो शुभ संकेत हो। गाई सेतो रङको भए झनै शुभ हुनेछ।
३. नरिवल, शंख, मयुर, हाँस, फुल आदि चिज बिहान बिहान देखिए निकै शुभ मानिन्छ। निन्द्राबाट उठ्ने बितिक्कै पहिलो नजर दूध वा दही राखिएको भाडामा पर्छ भने निकै शुभ संकेत मानिन्छ।
४. बिहान उठ्नासाथ शंख, मन्दिर वा घण्टीको आवाज सुनाइ हुनु शुभ मानिन्छ।
५. यदि कसैको सपनामा पटक पटक हरियाली, लक्ष्मीको बहान उल्लु देखापरेमा निकट भविष्यमा धनको समस्या टाढा हुनेछ।
६. कुनै काम विशेषले बाहिर निस्कँदा बाटोमा रातो साडीमा पुरै श्रृंगार गरेकी स्त्री देखापरेमा महालक्ष्मीको कृपाका इसारा बुझ्न सकिन्छ। यस्तोमा त्यो दिनको कार्य सफल हुने अधिक सम्भावना हुन्छ।
थप जानकारीको लागि पुरा भिडियो हेर्नुहोस्
https://youtu.be/sfPSNJK5nzs