२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौंमा अवतरण

2065 Shares
Spread the love

काठमाडौं – राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौ आइपुगेको छ ।

यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

२७४ सिट क्षमताको यो जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ भने  नेपाल नागरिक उड्यान प्राधिकरणले ९ एन–एएल वाई  कल फाइन नाम दिएको छ।

निगमका अनुसार जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो। यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने छ। पहिलो उडान कतारको दोहामा हुने स्राेतले बताएकाे छ।

प्रतिक्रिया