नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि डिमाण्डेड नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको चर्चा निकै हुने गर्छ । उनको फेसन सेन्स , फिल्म र प्रेम सम्बन्ध सबै लाईमलाईटमा आउँने गर्छ । केही समय अगाडी सम्म व्यवसायी मयंक खड्कासंग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी त्यो प्रेम केही बर्षमै तोडियो । इन्ट मिन्टु लण्डनमाको छायांकनको क्रममा उनीहरुबीच दुरी बढेको बताईन्छ ।
ब्रेकअपको केही समय भित्र नै साम्राज्ञीको प्रेमको चर्चा अर्का धनाढ्य देवांशु जंगबहादुर राणासंग चल्यो । तर उनीहरुबीचको सम्बन्ध हो की होईन भन्ने दुविधाकाबीच उनीहरु हेरेक इभेन्टहरुमा साथ साथ देखिन थाले ।

ल यो त केही भएन साथ साथ त साथीसंग पनि भईन्छ तर साम्राज्ञीले देवांशु लाई मिडियाबाट लुकाउँन थालेपछि उनीहरुबीचको प्रेम सम्बन्ध बाहिरिएको हो । साम्राज्ञी आफनो प्रेम सम्बन्धकोबारेमा बोल्नै खोज्दिनन् । नत मयंकसंगको बेला बोलिन् नत देवांशुको पालामा बोलेकीछिन् । तर पनि उनीहरुको प्रेम छरप्रस्ट भईसकेको छ ।
मयंकसंगको तस्बिर पनि साम्राज्ञीले सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्थिन् तर देवांशुको भने खासै गरेकी थिईनन् । अब भने साम्राज्ञीले नयाँ प्रेमीलाई लुकाउन छाडेकीछिन् । उनले सामाजिक सञ्जालमाफर्त प्रेमीसंगको तस्बिरहरु सेयर गर्न थालेकीछिन् । जे होस साम्राज्ञी नयाँ प्रेमीसंग प्रेमको सागरमा डुबुल्की भने मारिनै रहेकीछिन् ।