बुधवार, २०८३ मंसिर २
EN
मेनु
ताजा अपडेट

कुमार बेनविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी

इनम सापकोटाका दुई मोबाइल फरेन्सिक परीक्षणअघि आफ्नै निवासमा राखेको आरोप

कुमार बेनविरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्रहरीको लोकेसन ट्र्याकिङबाट मोबाइल घरमा रहेको पुष्टि भएको दाबी।
  • ह्वाट्सएप र फेसबुक चलाइएको तथा सन्देश मेटाइएको आरोप।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याएको र प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकाली पुगेर मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत अनुसन्धान तथा कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।

जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै कुमार बेनको ज्वागलस्थित निवासमा दुई दिनसम्म राखिएको आरोप लगाइएको छ।

प्रहरीको लोकेसन ट्र्याकिङबाट मोबाइल घरमा रहेको पुष्टि भएको दाबी

जाहेरीकर्ताका अनुसार सन् २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति सवा ९ बजे अनुसन्धानको घेरामा रहेका सापकोटाका दुवै मोबाइल फोन ब्यञ्जनकारको निवासमा रहेको प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ।

प्रहरी नियन्त्रणमा रहेका मोबाइल उपकरण अनुसन्धानको आधिकारिक प्रक्रियाअन्तर्गत सुरक्षित राखिनुपर्ने अवस्थामा ती उपकरण प्रहरी अनुसन्धानको दायराबाहिर निजी निवासमा पुगेको विषयलाई जाहेरीमा गम्भीर रूपमा उठाइएको छ।

ह्वाट्सएप र फेसबुक चलाइएको तथा सन्देश मेटाइएको आरोप

जाहेरीमा मोबाइल फोन प्रहरीलाई फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा सञ्चालन गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा इनम सापकोटा र कुमार बेनबीच भएका केही महत्त्वपूर्ण सन्देश मेटाइएको विषय सार्वजनिक भएको उल्लेख छ।

जाहेरीकर्ताले प्रहरी अनुसन्धानमा रहेका डिजिटल उपकरणमा आधिकारिक प्रक्रियाबाहिरबाट पहुँच पुर्‍याउनु अनुसन्धानको निष्पक्षता र प्रमाणको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय भएको जिकिर गरेका छन्।

यसबाट अनुसन्धान प्रभावित पार्ने, डिजिटल प्रमाण नष्ट गर्ने र सम्बन्धित व्यक्तिको गोपनीयताको हक उल्लङ्घन गर्ने कार्य भएको हुन सक्ने भन्दै घटनाको विस्तृत छानबिन गर्न

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ