मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्टमा छापा मारेको थियो।
  • चेकजाँचका क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।
  • पक्राउ परेकाहरूमाथि साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्नता रहे/नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडाैँ – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।

तलासीका क्रममा रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद भएको छ। पक्राउ परेकाहरूमाथि साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्नता रहे/नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ