मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

वीरेन्द्र पुस्तकालयद्वारा खुला कविता प्रतियोगिता आह्वान, प्रथम पुरस्कार ५० हजार

वीरेन्द्र पुस्तकालयद्वारा खुला कविता प्रतियोगिता आह्वान, प्रथम पुरस्कार ५० हजार

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर चाबहिल, कुटुबहालस्थित वीरेन्द्र पुस्तकालयले खुला कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ।
  • विगतका वर्षहरूमा देवकोटा जयन्तीका दिन नियमित रूपमा कविता गोष्ठी गर्दै आएको पुस्तकालयले यस वर्षदेखि भने प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागेको हो।
  • [email protected] मार्फत कविता पठाउन सक्ने पुस्तकालयले जानकारी गराएको छ।

काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर चाबहिल, कुटुबहालस्थित वीरेन्द्र पुस्तकालयले खुला कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ।

विगतका वर्षहरूमा देवकोटा जयन्तीका दिन नियमित रूपमा कविता गोष्ठी गर्दै आएको पुस्तकालयले यस वर्षदेखि भने प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागेको हो। पुस्तकालयले सम्पूर्ण कवि तथा स्रष्टाहरूलाई सिर्जना, अभिव्यक्ति र प्रतिभाको यस साहित्यिक उत्सवमा सहभागी हुन आह्वान गरेको छ।

प्रतियोगितामा सहभागिताका लागि पुस्तकालयले निश्चित नियम तथा सर्तहरू निर्धारण गरेको छ । सबै उमेर समूहका स्रष्टाका लागि खुला गरिएको यस प्रतियोगितामा एक जना प्रतियोगीले एउटा मात्र कविता पेस गर्न पाउनेछन्।

प्रेषित कविता नेपाली भाषामा लेखिएको, अधिकतम १५० शब्दभित्रको, पूर्ण रूपमा मौलिक तथा अप्रकाशित हुनुपर्ने प्रावधान राखिएको छ भने कविताको विषयवस्तु खुला छोडिएको पुस्तकालयले जनाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट भई प्रथम स्थान हासिल गर्ने कविलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले आगामी मङ्सिर ४ गते साँझ ५ बजेभित्र आफ्ना सिर्जना पठाइसक्नुपर्नेछ। इच्छुक स्रष्टाहरूले पुस्तकालयको आधिकारिक इमेल ठेगाना ([email protected]) मार्फत कविता पठाउन सक्ने पुस्तकालयले जानकारी गराएको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ