मंगलवार, २०८३ मंसिर १
EN
मेनु
ताजा अपडेट

दानबहादुर कार्कीको रिटमाथि बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

दानबहादुर कार्कीको रिटमाथि बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • २० कात्तिकमा दर्ता भएको उक्त रिटमाथि अदालतले सुरुमा तिहार बिदा लगत्तै ३० कात्तिकका लागि सुनुवाइको मिति तय गरेको थियो।
  • यद्यपि, सोही दिन सरकारले छठ पर्वको सार्वजनिक बिदा घोषणा गरेपछि सुनुवाइको कार्यतालिका प्रभावित भई पछि सरेको थियो।
  • कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ एक न्यायाधीशको एकल इजलासमा हुनेछ।

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाइएको विरुद्ध दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

२० कात्तिकमा दर्ता भएको उक्त रिटमाथि अदालतले सुरुमा तिहार बिदा लगत्तै ३० कात्तिकका लागि सुनुवाइको मिति तय गरेको थियो । यद्यपि, सोही दिन सरकारले छठ पर्वको सार्वजनिक बिदा घोषणा गरेपछि सुनुवाइको कार्यतालिका प्रभावित भई पछि सरेको थियो ।

लामो चाडपर्वको बिदा सकिएर मंगलबार अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि नयाँ पेसी तोकेको हो । कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ एक न्यायाधीशको एकल इजलासमा हुनेछ ।

गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सोही दिन सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त कदम कानुनविपरीत रहेको र यसबाट आफूलाई अन्याय परेको जिकिर गर्दै कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (2)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 2

ट्रेन्डिङ