बुधवार, २०८३ मंसिर २
EN
मेनु
ताजा अपडेट

‘म, देउवा र प्रचण्डलाई थुन्छु भन्ने आइजीपीको कुरा ठट्टा हो?’: केपी ओली

‘म, देउवा र प्रचण्डलाई थुन्छु भन्ने आइजीपीको कुरा ठट्टा हो?’: केपी ओली

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  •  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) को अभिव्यक्तिप्रति कडा रोष प्रकट गरेका छन्।
  • म केपी ओलीलाई थुन्दिन्छु, शेरबहादुरलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु भन्छन्।
  • केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी) को अभिव्यक्तिप्रति कडा रोष प्रकट गरेका छन्।

काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपीले आफूसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थुनिदिन्छु भन्दै गैरजिम्मेवार र घमण्डपूर्ण अभिव्यक्ति दिएको दाबी गर्दै त्यसको तीव्र आलोचना गरेका छन्।

सम्बोधनका क्रममा आक्रोश पोख्दै अध्यक्ष ओलीले भने, ‘आईजीपी हुने बित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोलाइ त्यस्तो हुन्छ? म केपी ओलीलाई थुन्दिन्छु, शेरबहादुरलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु भन्छन्! केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका? ६ महिनाको जागिर खाने एउटा सिपाहीले भन्छ- फलानालाई थुन्दिन्छु। ठट्टा मजाक गर्‍या हो?’ उनीहरू जन्मिनुभन्दा अगाडिदेखि नै आफूहरू देश र जनताका लागि आन्दोलनमा ज्यानको बाजी थपेर हिँडेको स्मरण गराउँदै उनले कसैले पनि एमाले नेताहरूसँग मजाक गर्ने दुसाहस नगर्न चेतावनी दिए।

गलत काम गरेको प्रमाण भेटिए प्रहरी प्रमुख आफैँ पनि थुनिने चेतावनी दिँदै ओलीले गृहमन्त्रीप्रति पनि लक्षित गरेर काग्रेस-कम्युनिष्टका नाममा आतंकको राज र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रवृत्ति बढेको बताए। यस्ता हावादारी कुरा र धम्कीले एमाले कुनै हालतमा नहल्लिने उनको स्पष्टोक्ति थियो।

नेकपा एमाले दया, माया र कसैको कृपाले बाँचेको वा सरकारमा गएको पार्टी नभएको प्रस्ट पार्दै अध्यक्ष ओलीले भने, ‘सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर जनताको बलमा हामी सरकारमा गएका थियौं। कुनै प्रतिक्रियावादी, जनविरोधी वा देशद्रोही शक्तिहरूको कृपा र आशीर्वादमा एमाले सरकारमा गएको होइन।’

कार्यक्रममा कडा राजनीतिक सन्देश दिँदै अध्यक्ष ओलीले नेकपा एमाले आगामी दिनमा फेरि मूल गेटबाट सिंहदरबार पस्ने र सरकारको नेतृत्व सम्हाल्ने दाबी गरे। ‘नेकपा एमाले फेरि सरकारमा जान्छ, यो कान खोलेर सुने हुन्छ। देश बनाउने एमालेले नै हो,’ उनले थपे, ‘हामीले अगाडि बढाएका विकासका कामहरूलाई पूर्णता दिनेछौँ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबाट कहिल्यै पछि हट्ने छैनौँ।’

देशभरबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको यस राष्ट्रिय भेलाले पार्टीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ