२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली काँग्रेसद्धारा सरकार र सभामुखप्रति आक्रोश

1595 Shares
Spread the love

काठमाडौँ, १० माघ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भयो ।

विधेयक पारित भएपछि संचारकर्मीमाझ उहाँले जब्बरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । सभामुखजस्तो निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जब्बरजस्ती सो विधेयक पारित गराएको सभापति देउवाको आरोप छ ।

सभापति देउवाले आफूहरुको विरोधका बीच विधेयक पारित गराएको र आफ्ना नेताहरुको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोधमा सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट आन्दोलन चर्काउने चेतावनी पनि दिनु भयो ।

प्रतिक्रिया