तनहुँ । युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेल गाउँमा अल्प आयस्तर भएका नागरिकको आर्थिक समृद्धिबाट मात्र देशको विकास हुने बताएका छन् ।
तनहुँको दमौलीमा बिहिबार रिपोटर्स क्लब तनहुँद्वारा आयोजित साक्षात्कार कार्येक्रममा संयोजक पौडेलले सो भनाई राखेका हुन् । ‘कुराले मात्र देशमा समृद्धि हुदैन समृद्धिका लागि गाउमा आर्थिकरुपमा विपन्न व्यक्तिको आयस्तर उकास्न सक्नुपर्छ’ उनले भने ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलका पुत्र रहेका अभियान संयोजक पौडेलले ग्रामिण छेत्रमा समय परिवेश सुहाउँदो कृषि गरेर आर्थिक उपार्जन गर्न सकिने बताए । ‘देशको आर्थिक विकासका लागि ग्रामिण छेत्रका वासिन्दा आर्थिक रुपमा सचेम हुन्छ’ उनले भने ।
युवा जागरण अभियान नेपाल मार्फत देशका विभिन्न छेत्रमा सचेतेना तथा बहस थालेको संयोजक पौडेलको भनाई छ । ‘नेपालको स्वास्थ्य नीति,शिक्षा नीति, नेपाल सरकारले अबलम्बन गर्नुपर्ने नीतिका बारेमा युवालाई जानकारी दिनका लागि अभियानले काम गरिरहेको छ’, उनले भने ।
जागरण अभियानले प्रतक्षय रुपमा ६ वटा प्रदेशमा पुगेर कार्येक्रम गरेको ७ सात नम्बर प्रदेशमा बुहत भेला गरेर काठमाडौँमा कार्येक्रम गरेको पौडेलको भनाइ छ ।
नेपालमा मात्रै नभई भारतको नयॉंदिल्लीमा समेत नीति बहस कार्येक्रम गरेको संयोजक पौडेलले बताए ।
वर्तमान समयमा देशमै रोजगारी सिर्जना गरेर स्देशमै रोजगारी अबसर अबलम्बन गर्नसमेत संयोजक पौडेलले सरकारलाई आग्रह गरे । ‘युवा जनशक्तिलाई सकेसम्म स्देशमै राख्न सक्नुपर्छ’ उनले भने, ‘युवालाई स्देशमै काम गर्ने अवस्था सिर्जना गरेर नेपालको समृद्धिको खाका कोर्न सकिन्छ ।
तनहुँको विकासका लागि ठाउँ परिस्थिति हेरेर कृषि आधुनिकीकरण र समयस्थान सुहाउदो खेती गर्न आवश्यक रहेको उनले बताए । तनहुँमा अदुवाको राम्रो सम्वना छ । यसलाई विस्तार गरेर अदुवालाई व्यवस्थित गरेर बिक्रि गर्नुपर्ने संयोजक पौडेलको भनाई छ ।
‘तनहुँमा अदुवा र कफीको समेत सम्भावना छ यसमा स्थानियलाई साथ दिएर यो अभियानमा लान्छौ ,’उनले भने । कमको सम्मान गर्न सकेको खण्डमा देशको विकासमा समेत त्यसले टेवा दिने पौडेलको भनाइ छ ।