२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कृष्णको जस्तै दुवै हात खुट्टा नभएका हरिकाजी, न जमिन, न जागिर, कसरी चल्ला गुजारा ?

3156 Shares
Spread the love

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएका कृष्ण ओलीलाई कृतिम हात खुट्टा लगाउन र केही गर्नका लागि प्रेरणा दिन भन्दै सहयोगको ओईरो लागिरहेका बेला फेरी उनी जस्तै अर्का व्यक्ति पनि मिडियामा आएका छन्।

कृष्णको जस्तै आर्थिक अवस्था नाजुक भई दुई हात खुट्टा गुमाएका खोटाङका हरिकाजी ढुंगाना पनि मिडियामा आएका हुन्। २०७० सालमा खोटाङको अर्खौलेटार भन्ने स्थानमा विद्युत प्राधिकरणको काम गर्दा करेण्ट लागेर उनका दुबै हात र एक खुट्टा गुमेका थिए। ८० ८५ वर्षीय वृद्ध बाबु आमाका एक्ला छोरा हजिकाजीलाई हिँडडुल गर्न पनि अरुकै साहारा चाहिन्छ।

खोटाङको नेर्पा–८ रामपुर घर भएका ढुंगाना नेपाल विद्युत प्राधिकरणका सामान्य कर्मचारी थिए। २०७० चैत १६ गते कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्दै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर दुबै हात र एउटा दाहिने खुट्टा गुमाएको ढुँगानाले बताए। सामान्य कर्मचारी खाईपाई आएको जागिर पनि गयो । जमिनको नाउँमा पाखो बारी छ वृद्ध बाबु आमाको साहारा बन्नुपर्ने बेलामा उल्टै उहाँहरुकै साहारामा बाँच्नु परेको उनले दुखेसो पाखे ।

ढुँगानाबारे थप जानकारी भिडियो हेर्नुहोस् :

प्रतिक्रिया