1829
Shares
डोटी । विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ।
जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेना व्यारेक फर्किएको हो।
सेनाले रेडियो नेपालको सुरक्षार्थका लागि हाल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ।
उक्त बिदाइ कार्यक्रममा सुरक्षामा खटिएर सहयोग गर्ने सेनालाई रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्रमुख विएल चौधरीले धन्यवाद दिनुभयो।