२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बलिउड फिल्म गुमाएका यी हुन नेपाली नायिकाहरु

3825 Shares
Spread the love

‘कृ’ चलचित्रबाट नेपाली सिनेक्षत्रमा प्रबेश गरेकी नायिका अदिती बुढाथोकीकोबारेमा चासो राख्नेहरुको कमी छैन । भारतमा मोडलिङ गर्दे आईरहेकी अदितीले भारतीय मिडियामा पनि उत्तिकै चर्चा पाएको कारण र भारतीय म्युजिक भिडियोमा काम गरेको कारण पनि उनको चासो नेपाली सिनेक्षेत्रमा निकै राखिन्छ । ‘कृ’ को प्रेसमिट कार्यक्रममा पनि उनले तेलुगु फिल्ममा काम गर्न लागेको बताएकी थिईन् । तर उक्त प्रोजेक्ट सुरु त भएन तर उनी फरहान अख्तरको वेभ सिरिजमा भने काम गरिरहेकीछिन् ।

यसले उनलाई बलिउडमा प्रबेश गर्न मद्धत मिल्नेछ ।  भारतीय मिडियामा समाचार बनेको कारण नै उनीमाथि धेरै निर्माता निर्देशकहरुको आँखा पर्ने गरेको छ । बलिउड फिल्ममा काम गर्नको लागि पनि उनले प्रयास भने नगरेकी होईनन् तर पनि केही न केही बाधा उनलाई पर्ने गरेको छ ।केही समय अगाडी अदितीले  आफुले ‘हेट स्टोरी ४’ फिल्म छोडेको बताएकीछिन् । बलिउडमा बी ग्रेड त्यसमा पनि हेट स्टोरी फिल्मको ब्राण्ड बोल्ड फिल्ममा पर्ने गर्छ । जुन फिल्ममा नायिकाले भरपुण रुपमा हट दृश्यहरु दिनु पर्छ ।

अन्तरवार्तामा उनले भनेकी थिईन् ‘हेट स्टोरी ४’ को लागि अफर आएको थियो तर क्यारेक्टर मन नपरेर गरिन” । निर्देशक बिशाल पाण्डे र सबै टिमले एकदम मन पराएका थिए तर बोल्ड दृश्य दिन नसक्ने भएर अस्वीकार गरे” । उनलाई फिल्ममा उर्वशी रटौलाले गरेको रोल अफर गरिएको थियो ।त्यसैगरी सलमान खानको होम प्रडक्सनको फिल्म लभरात्रीका लागि पनि बोलाईएको तर ‘कृ’ को सुटिङले गर्दा अडिसन दिन नपाएको खुलाएकी थिईन् ।

यसैगरी नेपाली चलचित्र क्षेत्रकी नायिका जेनिसा केसी यतिबेला बलिउडमा आफनो करियर बनाउँने कसरतमा छिन् । बिराज भट्ट , यस कुमार जस्ता नायकहरुसंग काम गरेकी उनले नेपाली चलचित्र क्षेत्रमा भने ‘जोश’ ‘एक पल’ , ‘तिमी बिनाको जीवन’ , ‘काले’,’दोस्ती’ , ‘आधी बाटो’ लगायतका चलचित्रमा काम गरिसकेकी जेनिसा बलिउड फिल्मका लागि डान्स , फिटनेस , भाषा लगायतका विभिन्न कक्षाहरु पनि लिईरहेकीछिन् भने बलिउडकर्मीहरुसंग पनि उनले हिमचिम बढाईरहेकीछिन् । सोही कारण पनि उनले सलमान खान , निल नितिन मुकेश , टिसिरिजका मालिक भुषण दाहाल ,बिवेक ओवराय, कैटरिना लगायतका कलाकारहरुसंग भेटघाट पनि गरिसकेकीछिन् ।

नेपाली चलचित्रमा अभिनय गर्दा गर्दे बलिउड हाँकिएकी जेनिसालाई गाईड भने चर्चित अभिनेता मिथुन चक्रवर्तीले गरिरहेका छन् । बुवाको साथी भएको कारणले पनि जनिसालाई मिथुनले साथ दिईरहेको उनले बताएकीछिन् । केही समयका लागि नेपाल आएकी जेनिसाले एक अन्तरवार्ताको क्रममा आफनो बलिउड संघर्ष र तयारीका बारेमा बोलेकीछिन् । उनले बलिउडमा आफुले ठुलो सपना बोकेर गएको कारण सानो सानो रोलमा काम गर्ने बरु नेपालै बताएकी थिईन् । अहिले सम्म बी ग्रेड र सी ग्रेड फिल्मीकर्मीसंग आफुले संगत नै नगरेको बताउँने जेनिसाले भनेकी थिईन् “बी ग्रेड र सी ग्रेड फिल्मका अफरहरु धेरै आए तर म त्यस्तो फिल्म गर्दिन्” ।

ए ग्रेडका फिल्मीकर्मीहरु निकै प्रोफेसनल हुने गरेको बताउँदै आफुले रेस फिल्म बनाउँने निर्देशक अब्बास मस्तानको फिल्म गर्न पाउँने मौका पाएको तर केही कुरा नमिलेको बताएकी थिईन् । उनले भनेकी थिईन् “अब्बास मस्तानको फिल्मको अडिसनमा हरेकरुपमा म पास भए तर हिन्दी भाषामा शुद्धता नहुँदा फिल्म गुमाउँनु प¥यो” । त्यसैले पनि यतिबेला उनी विभिन्न क्लासहरु लिनमा नै व्यस्त छिन् । केही समय अगाडीमात्र प्रियंका चोपडाको होम प्रडक्सनको भोजपुरी फिल्म ‘काशी अमरनाथ’ को एउटा आईटम गीतमा काम गरेकी थिईन् । उनले उक्त गीत पनि प्रियंकाको ममीको अति नै रिक्वेस्ट गरेपछि काम गरेको बताईन् । केही नराम्रो मानसिकता भएका व्यक्तिहरुले भने नेपाली नायिका भनेपछि अलिकता हिनताको भाव देखाउँने गरको उनको भनाई छ ।

प्रतिक्रिया