आशिस तामाङ
यूएई– “नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई क्षेत्रीय समन्वय परिषद अलऐनले स्वस्थ रहन खेल खेलौं भन्ने अभिप्रायका साथ फुटबल खेलका माध्यमद्वारा युवाहरूलाई एकत्रित पार्दै अनुशासित र गतिशीलताको उद्देश्य हेतु दोश्रो एनआरएनए कप फुटवल प्रतियोगिताआयोजना गर्ने भएको छ।
एनआरएनए यूएईले गतवर्ष देखि थालनी गरेको यो दोश्रो संस्करणको प्रतियोगितामा यूएईका बिभिन्न प्रान्तका नेपाली फुटबल टीमले भाग लिने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका अध्यक्ष गोपाल पौडलले जानकारी दिएका छन ।
उक्त प्रतियोगिता फेब्रुवरी २२, २०१९ का दिन अलऐन सुटिंग क्लवको खेलमैदानमा हुने तय भएको छ । प्रतियोगिता बिजेता पुरस्कार राशी ५,५५५ दिराम र उपबिजेता पुरस्कार राशी ३,५५५ दिराम रहेको छ , साथै उत्कृष्ट खेलाडी,उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिनेछ ।