माघ १०- डा गोविन्द केसी यतिबेला आफुसंग गरिएको सम्झौता अनुसार चिकित्सा विधेयक पारितका लागि दबाब दिन अनसनरत छन् । तर सरकार भने उनको अनसनलाई नै बेवास्ता गर्दे भोली संसदमा चिकित्सा विधेयक पारित गर्ने तयारीमा रहेको छ । सरकारले विधेयक फिर्ता नहुने र संशोधनसमेत नहुने बताएको छ । सोमबार भएको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले चिकित्सा विधेयक भोली जसरी पनि पारित गर्ने बताए ।
उनले भने “संसदमा टेबुल भइसकेको विधेयक कुनै पनि बहानामा फिर्ता या संशोधन हुँदैन । डा. केसीका माग पनि यो विधेयकले सम्बोधन गर्छ’ । ‘यो वा त्यो बहानामा अब विधेयक रोकिँदैन, यो विधेयकबारेमा डा। केसी नै भ्रममा रहेको पाइयो । त्यसैले यो विधेयकको पूर्ण पाठ एक पटक उनलाई पनि पढाउनुप¥यो, यदि भ्रम रहेछ भने हट्ने छ ।”
मन्त्री सापकोटाले विधेयकमा भएका राम्रा कुराको समाचार नआएको र हावामा तरबार चलाए मान्य नहुने बताए । मन्त्री बास्कोटाले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि अनसन बसेका भनिएका .डा केसीले अन्य द्वन्द्वकालीन मुद्दा उठाएर जनतामा भ्रम छर्ने काम मात्र गरेको उनले आरोप लगाए ।
उनले मेडिकल शिक्षाको कुरा हो भने डा केसीको माग पुरा भईसकेको बताएका उनले अब उनको अनसन बस्नुको कुनै औचित्य नरहेको बताए । चिकित्सा विधेयक पारित गर्न खोज्दा संसदमा कांग्रेसले गैरलोकतान्त्रिक चरित्र देखाएको भन्दै उनले भने “दुईतिहाइको दम्भ भन्नुस या अधिनायकवाद विधेयक पारित हुन्छ। सरकार यसमा बिचलित र दायाँबायाँ हुँदैन । विधेयक पास भएरै छोड्छ ।