२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने,पूर्वमन्त्री थापा

809 Shares
Spread the love

माघ १०,काठमाण्डौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिनु भएको छ । नेता थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरेर संसदीय मूल्य मान्यता विपरितको गतिविधि गरिरहेको उल्लेख गर्दै मान्य नहुने पनि स्पष्ट पार्नु भयो ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास सभामुखबाट भएको उल्लेख गर्देै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । सभामुख महरा मन्त्रीहरुको इशारामा चल्न गरेको उहाँको आरोप छ ।

नेता थापाले भोलि माघ ११ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख महराले आफूहरुसँग परामर्श गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने काम नगर्न पनि सरकारलाई पुनः दवाव दिनु भयो ।

प्रतिक्रिया