बलिउडका नायकहरुमा डान्सिङ किंगको रुपमा चिनिन्छन् ऋतिक रोसन र शाहिद कपुर । अहिले त उनीहरुलाई पनि मात दिने नायक छन् टाइगर श्रृफ । एक्सन र डान्स दुबैमा चर्चित भन्दा चर्चित नायकहरुलाई जित्दै सुपरहिट फिल्म दिएका टाइगर आफै भने ऋतिक रोसनका निकै ठुला फ्यान हुन् । उनले सार्वजनिकरुपमा नै आफु ऋतिकको ठुलो फ्यान रहेको बताईसकेका छन् । आफनो लागि आइडल रहेका व्यक्तिसंग काम गर्नु पाउँदाको खुसी कस्तो होला ? त्यही खुसीको अनुभव यतिबेला टाइगर गरिरहेका छन् । किनकी यी दुई छिट्टै एकसाथ फिल्ममा काम गर्दे छन् ।
यसराज व्यानरबाट निर्माण हुन लागिरहेको फिल्ममा ऋतिक र टाइगरले एकसाथ काम गर्ने भएका हुन् । चाडै नै सुटिङ हुन लागेको यस फिल्ममा ऋतिक र टाइगर दुबैको लागि एक अर्का चुनौती रहेका छन् । ऋतिकलाई अहिलेका चर्चित नायक जो एक्सन र डान्स दुबैमा पोख्त छन् उनलाई पनि जित्नु छ भने टाइगरलाई ऋतिक बराबर रहेर काम गर्नु छ । त्यसैले पनि यस फिल्ममा यी दुईबीच तुलना भने निश्चितरुपमा हुनेछ । फिल्मका लागि नायिकामा वाणी कपुर रहने भएकीछिन् । वाणी कपुरले अहिलेसम्म यसराजकै फिल्ममा मात्र काम गर्दे आईरहेकीछिन् ।

उनले ऋतिकसंग जोडी बाँध्ने छिन् भने टाइगरका लागि नायिका चुनिएको छैन । उनको लागि दिशा पटानी वा ज्याक्लिन फर्नाडेज हुने चर्चा छ । ऋतिक र टाइगर फिल्ममा एकसाथ आउँने भएपछि दर्शकहरु पनि उत्साहित देखिएका छन् । अब यी दुई भएको फिल्ममा एक्सन कस्तो होला सहजै अनुमान लगाउँन सकिन्छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने भएका छन् । जसले यसअघि सलाम नमस्ते , तारारमपम , बच्ना ए हसिनो ।, ब्याङ ब्याङ जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।

