२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई

1009 Shares
Spread the love

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्।  उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ। साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन्। यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाएको समाचार आएको थियो।

उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ। ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डसर््लाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ।’

बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति, केसिएनएले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पारेकाे  जनाएको छ।  उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिएको सो समाचारमा जनाइएको छ।

चोल हालै अमेरिकाको भ्रमणमा जाएका थिए। उनले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गरेका थिए।

किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ। उक्त समाचार समितिले समाचारमा भनेको छ– उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी हुनुभएको छ, उहाँहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन्।’

गत शुक्रबार मात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गरेका थिए। सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गरेकाे कोरियाली सञ्चारले जनाएका छन्।

उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो। तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो।
उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएका थिए। सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो।
उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन। उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ। दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ। तर यस विषयको अन्तिम टुंगो भने लागेको छैन। (रासस/सिन्ह्वा)

प्रतिक्रिया