२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा. केसीको सांसदहरुलाई पत्र : चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउनुस्

857 Shares
Spread the love

काठमाडौं। चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले संसदीय समितिबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भए स्वास्थ्य सेवामा सुधार हुन नसक्ने दाबी गरेका छन्। सांसदहरुलाई सार्वजनक पत्र लेखेर डा. केसीले चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटि सच्याउन आग्रह गरेका हुन्।

डा. केसीले विहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा रहेका त्रुटि सच्याउन आग्रह गरेका हुन्।  उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित विधेयकले स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने अवस्था नरहेको जनाएका छन्।

डा. केसीले पत्रका आफूले कुनै हठ र अहंकार प्रदर्शन नगरी सत्यताकालागि आग्रह गरेको जनाएका छन्। डा. केसीले १६ औं अनशनसम्म आइपुग्दा सरकारले धेरै सम्झौता गरेको र सम्झौता गर्नेमध्ये धेरै जना अहिले पनि सांसद रहेको उल्लेख गरेका छन्।

डा. केसीले नयाँ शिक्षा विधेयकमा जनमुखी र विद्यार्थीमुख प्रवाधान हटाएको भन्दै उक्त त्रुटि सच्याउन आग्रह गरेका छन्। डा. केसीले पत्रमा भनेका छन्, ‘मेरो विश्वास हो, चिकित्सा शिक्षा ठिक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठिक बनाउन सक्दैनौं। आफ्नो नजिकमा गुणस्तरीय र सुलभ स्वास्थ्य अभावका कारण छटपटिएका दूरदराजका आम नेपाली हुन् वा आफ्नो योग्यता भएर पनि पैसा अभावका कारण चिकित्सा शिक्षा लिन नपाएर प्रताडित विद्यार्थी हुन्, तीनको मलिन अनुहारसँ पटक पटक ठोकिएका हामीले एक पटक आफैंलाई पश्न गरौं, के नेपालको चिकित्सा शिक्षा ठिक नभइकन तिनीहरु स्वस्थ रहन सक्लान?’

डा. केसीले सरकारले पछिल्लो पटक आफ्नो १५ औं अनशनका क्रममा गरेको सम्झौता बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनेमा आशावादी रहेको बताएका छन्।

प्रतिक्रिया