नेपाली सिनेमा क्षेत्रमा गाउँले परिवेशका फिल्महरुको बोलवाला रहेको समय नेपाली पर्दामा ग्लामरस भित्राउँने नायिका हुन जल शाह । उनको सुन्दरता , अभिनय , नसालु नजर र उनको अदाहरुको कारण उनी लाखौँ दर्शकहरुको मनमा थिईन् । उनको क्रेज कुनै समय यस्तो थियो की मोटो शरिरका बावजुद उनी दर्शक तथा निर्माताहरुको रोजाईमा पर्ने गर्थिन् । उनको जोडी बिषेशगरी रमेश उप्रेतीसंग निकै हिट र चर्चामा रह्यो भने राजेश हमाल र श्रीकृष्ण श्रेष्ठसंग पनि उनको जोडी पर्दामा हिट रह्यो । फिल्ममा काम गर्दा गर्दे उनले अमेरिकामा बसोबास गर्दे आएका शरद कुमार रिमालसंग मागी बिवाह गरिन् ।

त्यसपछि अमेरिका भासिएकी उनी लामो समयदेखि नेपाली पर्दाबाट टाढा छिन् । तर उनीभित्रको कलाकारीता भने अझै मरिसकेको छैन । छोरी सानै भएको र आफना अन्य विविध कारणले छिटो कमव्याकको सोचमा नरहेकी जल नेपाली पर्दामा फर्कन भने आफनो इच्क्षा रहेको बताईन् । करिब २ ३ महिनाको नेपाल बसाईमा उनले निकट भबिष्यमा आफु दर्शकमाझ आउँन तयार रहेको बताईन् । अमेरिकामा रहँदै आफनी आमा एवं साहित्यकार प्रेमा शाहलाई गुमाएकी उनी नेपाल भने आमाको सम्झनामा स्मृतीसभा गर्न आएकी थिईन् ।

आमासंग निकै नजिक रहेकी जललाई आमा गुमाउँनुको पीडा निकै छ । आमाको कुरा गर्दामात्र पनि उनी रुन थाल्छिन् । उनका आँखा रसाउँछ अनि गला अवरुद्ध हुन्छ । त्यसोत सिनेमा क्षेत्रमा जल शाहलाई नायिका जल शाह बनाउँन उनको आमाको निकै ठुलो हात छ । पर्दाबाट टाढा भएपनि नेपाली फिल्मी क्षेत्रलाई नजिकबाट नियालिरहेकी उनलाई केकी अधिकारी असाध्यै मन पर्छ । उनकै समकालिन नायिकाहरु रेखा थापा , निरुता सिंह , झरना थापा लगायतका हस्तीहरु अझै पनि पर्दामा र निर्माणमा सक्रिय रहेका बेला जलको पुनरागमन भने कसरी र कस्तो हुन्छ त्यसको प्रतिक्षा भने दर्शकहरुले पक्कै गर्नेछन् ।



