२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु

881 Shares
Spread the love

१० माघ, विहिबार ।
जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।बिहीबार पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी गरिने छ ।

नागरिक स्वतन्त्रताको माग गर्दा वि।सं। १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज झुण्ड्याएर हत्या गरिएको थियो ।त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि।सं। १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।शहीद दिवसमा पहिले सार्वजनिक विदा दिने गरिए पनि हाल सरकारले यो विदा कटौती गरेको छ । देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

प्रतिक्रिया