२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मोबाइलको ब्याट्री धेरै समय चल्दैन ? यसो गर्नुस्

1753 Shares
Spread the love

मोबाइलको ब्याट्री धेरै समय नचल्ने समस्याले कतिपय मानिस हैरान छन्। उनीहरूले आफ्नो मोबाइल फोनको ब्याट्री जोगाउन अनावश्यक समयमा इन्टरनेट पनि बन्द गर्छन्। तैपनि ब्याट्री धेरै समयसम्म चल्दैन। मोबाइलको ब्याट्री धेरै समय चल्दैन भनेर हैरान नहुनुस्। मोबाइलको सेटिङबाट ब्याट्रीलाई धेरै समयसम्म चल्ने बनाउन सकिन्छ। यसका लागि यो प्रक्रिया छ।

मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री अप्सनमा क्लिक गर्नुस्। यो अप्सन हरेक फोनमा अलग–अलग ठाउँमा हुन सक्छ। कुनैमा अडिसनल सेटिङमा यो अप्सन हुन सक्छ। त्यसपछि ब्याट्री सेभर अप्सनमा सेलेक्ट गर्नुस्। यसले ब्याकग्राउन्डमा चलिरहेका एप्स बन्द गरिदिन्छ। यससँगै ब्याट्री जोगाउने अर्काे उपाय पनि छ। त्यो हो– मोबाइल फोनको बालपेपर ब्ल्याक एन्ड ह्वाइट राख्नु।

प्रतिक्रिया