माघ ९ – चिकित्सा विधेयकमा असन्तुष्टी जनाउँदै अनसनरत डा गोविन्द केसीबिरुद्ध बोल्दै आएका नेकपाका नेता स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा विधेयक माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । हिजोमात्र विधेयक पारित हुन लाग्दा कांग्रेसले सांसद बैठक अबरुद्ध पारेपछि बैठक बस्न सकेन । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले कांग्रेस जस्तो पार्टीले संसद अवरुद्ध पार्नु नसुहाएको बताए । भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत भएरै छाड्ने बताए ।उनले भने “माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ” ।
“मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नुभएको छ।’ साक्षात्कारमा उनले भने, ‘नेपाली कांग्रेसका साथीलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विधेयक पास गर्दा तत्कालिन नेकपा एमालेले संसद अवरोध ग¥यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सकेनन् । तर, सभामुख पौडेलले तपाईँ जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस् भनेर मन्त्रीलाई भने” ।
“सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विद्येयक प्रस्तुत गर्ने चलन हुन्छ । र, पौडेलजीले त्यतिबेला मन्त्रीलाई बसेकै ठाउँबाट विधेयक टेबुल गर्न लगाए । र, पास गरे । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्छु ।” संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । उनले भने “त्यतिवेला विद्येयक पास भैहाल्यो । हामीले विरोध गर्यौं । नेपाली कांग्रेसले ज्यादती गर्यो भन्यौं । अब अहिले पनि नेपाली कांग्रेससँग त्यो अधिकार छ । कम्युनिष्ट पार्टीले ज्यादती गर्यो भन्नुहोस, तर विद्येयक पारित गर्ने कुरालाई रोक्न पाईँदैन् ।”
उनले देश र संसदलाई अवरुद्ध पार्ने कुरा राम्रो होईन भन्दै अगाडी भने “विद्येयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विद्येयक लिएर पढाउन जानपनि कांग्रेसलाई उनले सुझाव दिए । उनले थपे,‘यो विद्येयक प्रतिगामी छ, माफीयमुखी छ भनेर के–के पढाउनुपर्छ ?” आफूले पढाउन सकिएन भने गोविन्द केसीलाई सँगसँगै कांग्रेसको मञ्चमा लगेर पढाए भयो । हाम्रो विरुद्धमा जनमत बनाए भैहाल्यो नि । त्यो हो नि त लोकतान्त्रिक विधि र प्रक्रिया भनेको” ।
भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए । उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन् । किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् । उहाँले उठाउँदै आएका मुद्दापनि यसमा आएका छन् । अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु । पख तिमीहरुलाई भन्नुभएको छ । त्यो हो भने बेग्लै कुरा हो ।’ संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाई छ ।