बलिउड तथा हलिउड नायिका प्रियंका चोपडा यतिबेला पति निक जोनससंगको बैवाहिक जीवनको आनन्द उठाईरहेकीछिन् । पछिल्लो अन्तिम पटक सन् २०१६ मा गंगाजल २ मार्फत बलिउड दर्शकमाझ देखिएकी प्रियंका त्यसपछि भने कुनै बलिउड फिल्ममा देखिएकी छैनन् । बलिउडमा कम तर हलिउडमा व्यस्त प्रियंका भर्खरै फोर्ब्स म्यागेजिन इण्डियाले सार्वजनिक गरेको सूचिमा समेत सबैभन्दा धनी कलाकारको रुपमा अटाएकी प्रियंकाको सम्पत्ति कति होला भनेर हालै भएको एक घटनाले देखाएको छ ।

उनले आफनो कुकुरको लागि डायना चोपडाका लागि जाडोमा ज्याकेट किनिदिएकीछिन् त्यो पनि चानचुने रकममा हो र ? त्यसको मुल्य पुरै ५१ हजार ६ सय ५४ अमेरिकी डलर (झण्डै ५९ लाख नेपाली रुपैयाँ) रहेको भारतीय मिडियाले जनाएको छ । हाल अमेरिकामा नै रहेकी उनले चिसो बढेपछि कुकुरका लागि ज्याकेट किनिदिएकी हुन् । उनले सामाजिक सञ्जालमा उक्त तस्बिर सेयर गर्दे लेखेकीछिन् “लस एन्जलसमा निकै जाडो छ । मोन्क्लरलाई ज्याकेटका लागि धन्यबाद” ।

उक्त तस्बिर इन्स्टाग्राममा पोस्ट भए लगत्तै प्रियंका र उनको कुकुर डायना यतिबेला चर्चामा आएका छन् । प्रियंकाले कुकुरका लागि यति महंगो रकममा ज्याकेट किनिदिएको खबरले अन्तराष्ट्रिय मिडियामा समेत निकै चर्चा भईरहेको छ ।
