२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा केसीलाई योगेशको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेख्नुस’

1474 Shares
Spread the love

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्।

बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

‘किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन्। उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरुलाई भन्नुभएको छ। त्यो हो भने बेग्लै कुरा हो’, उनले भने।

उनले संसदमा कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजय गच्छदारले बोलेको कुराप्रति आपत्ति जनाए। सेनामा समायोजन भएका माओवादी लडाकुलाई फिर्ता लैजाउ भन्नु गम्भीर कुरा भएको उनको भनाई छ।

प्रतिक्रिया