नेपाली सिनेमा क्षेत्रमा चर्चित अनि डिमाण्डेट नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिलेकी महंगी नायिका हुन् । मिडियामा कुनै न कुनै रुपले चर्चामा आईरहने साम्राज्ञी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सामाजिक सञ्जाल फेसबुकदेखि इन्स्टाग्राममा समेत निकै सक्रिय हुने साम्राज्ञीको दुबैमा फ्यानफलोईङ अन्य नायिकाहरुको भन्दा निकै लोभ लाग्दो रहेको छ ।

उनै साम्राज्ञीको इन्स्टाग्राम ह्याक भएको छ । करिब ४ लाख फलोअर्स रहेको उक्त एकाउन्ट ह्याक भएको हो । ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर समेत पोस्ट गरेको छ । तथापी ती अहिले भने हटाईएका छन् । मंगलबारदेखि नै ह्याक भएको एकाउन्ट अहिलेसम्म सुचारु भएको छैन ।

इन्स्टाग्राम ह्याक भएपछि उनी निकै तनावमा समेत परेकीछिन् । किनकी सुरुमा थाहा नहुँदा उनको एकाउन्टमा अश्लिल तस्बिर पोस्ट भए जसले गर्दा उनलाई निकै तनाव भयो । त्यसोत साम्राज्ञी मात्र एक त्यस्ती कलाकार होईन जसको एकाउन्ट पहिलो पटक ह्याक भएको हो । यसअघि पनि धेरै कलाकारहरको एकाउन्टहरु ह्याक भईसकेको छ ।

