काठमाडौं। प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको हत्या र प्रहरी हवल्दार महेन्द्र सतरा यादवलाई गोली घाइते बनाएको आरोप लागेका एक जनाको प्रहरी इनकाउन्टरमा मृत्यु भएको छ।
दुई नम्बर प्रदेशका प्रहरी कार्यालय प्रमुख डिआईजी हरि पालका अनसार प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका दीपेन्द्र जैसवालको प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो। प्रहरी सहायक निरीषक रमेश सुब्बाको हत्या र प्रहरी हवल्दार महेन्द्र सतरा यादवलाई गोली प्रहार गरेपनि प्रहरीले जैशवालको खोजी तीव्र बनाएको थियो।
बुधबार विहान सप्तरीको रुपनी नजिकै प्रहरीले फलो गरिरहेको अवस्थामा प्रहरीमाथि नै फायर गरेपछि प्रहरीको जवाफी कारवाहीमा जैशवालको मृत्यु भएको हो। अर्का एक जना भने पक्राउ परेका छन्। ४० वर्षीय पशुपति चौधरीलाई बुधबार साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ।
सप्तरीको खड्गनगरपालिका बिसनपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवलाई २०७४ भदौमा मोटरसाइकलमा आएका दुई जनाले ढाडमा गोली प्रहार गरेका थिए। उक्त गोली काण्डमा पनि जैसवालकै हात रहेको प्रहरीले जनाएको थियो।
आफूलाई प्रगतीशील तराई मुक्ति मोर्चाको संयोजक बताउने जैसवालले २०७४ भदौमा सप्तरीको कतुरबमा भन्ने ठाउँमा इलाका प्रहरी कार्यालयको मोबाइल गाडीलाई एम्बुसमा पारेको थियो। जैसवालकै टोलीले सप्तरीमा प्रहरी सहायक निरीषक रेमश सुब्बालाई गोली प्रहार गरी हत्या गरेको थियो।